घरमा मनीप्लान्ट रोप्नुको धार्मिक मान्यता « Khabarhub

घरमा मनीप्लान्ट रोप्नुको धार्मिक मान्यता


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरको वातावरण हरियाली होस् भन्ने सबैको चाहाना हुन्छ । त्यसैले प्रायः मानिस घरको छत, आगन र बरण्डामा बिभिन्न बोट बिरुवा लगाउने गर्दछन् ।

प्रायः घरमा रोपिने बिरुवामा मनीप्लान्ट छुट्दैन । मनीप्लान्ट केवल घर वा वातावरणको सुन्दरताकालागी मात्र हुदैन । यो रोप्दा घरमा सुख, सम्पन्नता समेत भित्रिने मान्यता छ । तर गलत दिशामा मनीप्लान्ट रोपिएमा भने यसले ठुलो हानी पुर्याउन सक्छ ।

वास्तु शास्त्र अनुसार घरको दक्षिण–पूर्वी दिशा (आग्नेय कोण) मनीप्लान्ट रोप्नु सबैभन्दा उचित मानिन्छ । धार्मीक मान्यता अनुसार भगवान गणेशलाई दक्षिण पूर्वी दिशाको स्वामी मानिन्छ । त्यसैले यो दिशामा मनीप्लान्ट रोप्नु शुभ मानिएको हो । यो दिशामा मनीप्लान्ट रोपेमा घरमा पोजेटिभ एनर्जी आउने र सुख–समृद्धि बनीरहने मान्यता छ ।

तर वास्तु शास्त्र अनुसार मनीप्लान्ट रोप्दा यी कुरामा भने ध्यान दिनु पर्ने हुन्छ ।

१. ईशान कोण अर्थात उत्तर–पूर्व दिशामा मनीप्लान्ट रोप्नु हुदैँन । अन्यथा आर्थिक क्षती बेहोर्नु पर्ने धार्मीक मान्यता छ । साथै परिवारका सदस्यबीच मनमुटाव र सम्बन्धमा दरार आउन सक्छ । यतिमात्र होइन, घरको पूर्व र पश्चिम दिशामा समेत मनीप्लान्ट रोप्नु हुदैँन ।

२. मनीप्लान्टलाई घर बाहिर राख्नुको सट्टा घरभित्र राख्नु पर्दछ । यसो गरेमा घरमा सकारात्मक उर्जा आउने मान्यता छ । तर घरभित्र मनीप्लान्ट राख्दा कसैको सिधा नजर नपर्ने गरी राख्नु पर्दछ ।

३. मनीप्लान्ट बढ्दै जादा यसको लहरा भुईमा फैलन दिनु हुदैन । बरु कुनै पर्खाल वा केही सहायकको माध्यमबाट यो माथितिर उक्लिएको हुनु पर्दछ । अन्यथा फजूल खर्च बढ्ने मान्यता छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : ३७ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले