बागलुङमा बम विस्फोटमा घाइते एकको मृत्यु « Khabarhub

बागलुङमा बम विस्फोटमा घाइते एकको मृत्यु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ ।

स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई जना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : २४ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर