कर्णालीमा लगानी सम्मेलन गरिँदै « Khabarhub

कर्णालीमा लगानी सम्मेलन गरिँदै


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्का, सदस्य डा दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीसमेतको प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको जनाउँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए ।

लगानीकर्ताले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी गर्नेसमेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसँग महासंघले सहजीकरण गर्ने पनि जानकारी गराए ।

छलफलमा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठको पनि सहभागिता थियो ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडि बढाएको जानकारी दिए ।

उनले योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सिर्जना गर्नेसमेत डा खड्काले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ०२ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।