बाल्टिनमा भरेको पानीमा डुबेर नाबालिकाको मृत्यु | Khabarhub Khabarhub

बाल्टिनमा भरेको पानीमा डुबेर नाबालिकाको मृत्यु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा नजिकै रहेको कल(टुबवेल)निर कपडा धुनका लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ३५ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।