प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जक पुरस्कृत « Khabarhub

प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जक पुरस्कृत


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगिताका विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरेका छन् ।

सैनिक–जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् ।

विभिन्न कालखण्डका तस्बिर इतिहासका जिवन्त अभिलेख हुने भएकाले सेनाले तस्बिर सङ्कलन र तीनको सुरक्षित गर्ने उद्देश्यले श्रव्यदृश्य अर्काइभ केन्द्र स्थापना गरेको छ । सेनाका विभिन्न संरचना तथा सकलदर्जासँग रहेका सैनिक गतिविधिसँग सम्बन्धित सङ्कलन गर्ने महत्वपूर्ण कडीका रुपमा प्रतियोगीता सञ्चालन गरेको बताएको छ ।

समारोहमा लेख रचनातर्फ महासेनानी विमलराज शर्मा प्रथम, ठाकुरप्रसाद बराल द्वितीय र अवकाश प्राप्त सहायकरथी धर्मबहादुर बानियाँ तृतीय घोषित भए । उनीहरुका लेखलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार प्रदान गरियो ।

सैनिक फोटो प्रतियोगीतामा भैरवनाथ गणले पहिलो र तेस्रो स्थान प्राप्त गर्‍यो भने द्वितीय पुरस्कार भने श्रीजंगणले जित्न सफल भयो । समारोहमा व्यवसायिक फोटोतर्फ श्रव्यदृश्य तथा समारोह महाशाखाका राजीव हेङ्गजुको तस्वीरलाई वर्षको उत्कृष्ट घोषित गरियो । उक्त तस्वीरका लागि सर्जकलाई रु १५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त विधामा सान्त्वनातर्फ छनोट भएका २२ जनालाई जनही रु १०/रु १० हजार प्रदान गरिने सेनाले जनाएको छ । सेनाले पहिलो पटक यसप्रकारको फोटो प्रतियोगिता आयोजना गरेको हो ।

समारोहमा प्रधानसेनापति थापाले फोटो प्रतियोगिता मूल्याङ्कन समितिका फोटो पत्रकार प्रदीपराज वन्त, किशोर शर्मा र महासेनानी ईश्वरकुमार श्रेष्ठलाई नगद र कदरपत्र प्रदान गरे । लेख रचना मूल्याङ्कन समितिका प्राध्यापक कमलसिंह राठौर, प्राडा ध्रुवकुमार कार्की, रवीन्द्र खनाल र महासेनानी पद्मबहादुर बुढालाई पनि नगद पुरस्कार र कदरपत्र प्रदान गरियो ।

यसअघि समारोहमा फोटो मूल्याङ्कन समितिका फोटो पत्रकार वन्तले अप्रेशन कार्य, तालिम, खेलकुद, नागरिक सैनिक सम्बन्ध, समारोह र विविध गरी ६ विधामा आधारित रही तस्वीर छनोट गरिएको जानकारी दिए । प्रतियोगितामा विभिन्न विधामा प्राप्त करिब दुई हजार ४०० फोटामध्ये ३०० वटा तस्वीर छनोट गरी बोर्डमा पेश गरिएकामा अन्तिम प्रतिस्पर्धाका लागि २५ वटा छनोट गरिएको थियो ।

सोही २५ मध्येबाट पहिला, दोस्रा र तेस्रा तस्वीर छनोट गरिएको उनले जानकारी दिए । लेखरचना छनोट समितिका सदस्य रवीन्द्र खनालले पाँच जनाको समितिले ६ विधामा प्राप्त लेख रचना अनुसन्धानसहितको पाटोबाट अध्ययन र विश्लेषण गरी उत्कृष्ट लेख छनोट गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : १५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा