मंगलबारसम्म वर्षा हुने पूर्वानुमान « Khabarhub

मंगलबारसम्म वर्षा हुने पूर्वानुमान


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती,  गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आज वर्षा भएको छ ।

आज दिउँसो पनि पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम मंगलबारसम्म कायम रहने महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख १९ गते (आइतबार)

दिउँसो:  देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वाग्मती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

बैशाख २० गते (सोमबार)

दिउँसो:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख २१ गते (मंगलबार)

दिउँसो:    देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति :  देशभर आंशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ३५ बजे

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार