बाइडेनले शत्रुतापूर्ण नीति लिए :  उत्तर कोरिया « Khabarhub

बाइडेनले शत्रुतापूर्ण नीति लिए :  उत्तर कोरिया


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन शत्रुतापूर्ण नीतिका साथ अघि बढेको आरोप उत्तर कोरियाले लगाएको छ ।

बाइडेन प्रशासन उत्तर कोरियासँगको सम्बन्धलाई लिएर रणनीतिक योजनामा लागेको उत्तर कोरियाको विदेश मन्त्रालयले आरोप लगाएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयका अनुसार वासिङ्गटनबाट भएका पछिल्ला टिप्पणी तथा गतिविधिहरुले राष्ट्रपति बाइडेन शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा छ ।

गत साता राष्ट्रपति बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा भनेपछि उसको यो धारणा सार्वजनिक भएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेनले संसदको संयुक्त शत्रमा गरेको टिप्पणी ठूलो गल्ती रहेको बताएको छ ।

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नु पर्नेमा अमेरिकाले दबाब दिँदै आएको छ तर उत्तर कोरियाले पहिला आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा हुनु पर्ने सर्त राख्दै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : १० बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक