काठमाडौँ उपत्यकामा मात्रै थपिए ३५ सय ९५ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै थपिए ३५ सय ९५ कोरोना संक्रमित


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३५ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनामा गरी कुल ३५ सय ९५ जना थपिएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।

शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५ हजार ७६३ संक्रमित फेला परेका थिए । नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ०२ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित