कार्लो एन्सेलोटी रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का | Khabarhub Khabarhub

कार्लो एन्सेलोटी रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन कार्लो एन्सेलोटी स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का भएको छ ।

रियलले इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न लागेको हो ।

रियलको पहिलो रोजाईमा रहेका एन्सेलोटीलाई चाडैँ नियुक्त गरिने मार्काले जनाएको छ ।

मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्वप्रशिक्षकसमेत रहेका एन्सेलोटीलाई ल्याउन लागेको हो ।

एन्सेलोटीले २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए । हाल उनी इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका छन् ।

उनले यसअघि युभेन्ट्स,मिलन, चेल्सी, पीएसजी र बार्यन म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।

एन्सेलोटी तीन पटक च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक पनि हुन् । उनले रियल मड्रिड र एसी मिलानमा रहँदा ती टिमलाई च्याम्पियन्स लिग जिताएका थिए ।

 

 

 

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ५ : ५५ बजे

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा