अमेरिकी विदेशमन्त्रीले भने- चीनलाई परास्त गर्न अमेरिका र बेलायत एक हुनुपर्छ « Khabarhub

अमेरिकी विदेशमन्त्रीले भने- चीनलाई परास्त गर्न अमेरिका र बेलायत एक हुनुपर्छ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले चीनलाई परास्त गर्नका लागि अमेरिका र बेलायत एक हुनुपर्ने बताएका छन् ।

अमेरिकासँगको व्यापार युद्ध समाधान हुनै लागेको समयमा शुरू भएको कोरोना प्रकोपले महामारीको रुप लिएसँगै चीनको पश्चिमा राष्ट्रहरुसँगको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको हो ।

कोरोना महामारीका कारण चीनबाहिरको विश्व आक्रान्त बन्दै गएको छ भने चीनमा कोरोना महामारी शून्यतर्फ झरेको छ । यससँगै चीनले दक्षिण र पूर्वी चीन सागरमा हस्तक्षेप गरिरहेको छ भने एसिया र इण्डो प्यासेफिक क्षेत्रमा पनि आफ्नो प्रभावलाई विस्तार गरिरहेको छ ।

यस्तो अवस्थामा पश्चिमा राष्ट्रहरुले चिनियाँ प्रभावलाई रोक्ने रणनीति बनाइरहेको अवस्थामा अमेरिकी विदेशमन्त्रीको यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले चीनले सिर्जना गरेका समस्याहरुको र चुनौतीहरुलाई सम्बोधन गर्न अमेरिकी र बेलायती विदेश नीतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रपति बाइडेन प्रशासनको सन्देश लिएर बेलायत पुगेका विदेशमन्त्री ब्लिनकेनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेट गरेका हुन् । उक्त भेटपछि उनले अमेरिका र बेलायत मिलेर अघि बढ्नुपर्ने र द्विपक्षीय राष्ट्रिय हित र विदेश नीति निमार्णमा मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

बेलायती प्रधानमन्त्रीसँगको भेटका क्रममा उनीहरुबीच तत्कालको कोभिडको सामना गर्ने, वातावरण र अन्य अन्तर्राष्ट्रिय प्राथमिकतामा प्रगति हासिल गर्ने र अमेरिका तथा बेलायतको सहयोगलाई निरन्तरता दिने विषयमासमेत सहमति भएको छ । उनीहरूले बेलायत र अमेरिकाका सहयोगलाई स्वागत गरेका छन् ।

यसअघिको क्वाड बैठकले पनि चीनविरुद्ध एक भएर अघि बढ्ने सहमति जुटेको थियो भने जी ७ को बैठकले पनि चीनको प्रभावलाई कम गर्न भूमिका खेल्ने बताएका छन् ।

स्रोत :  द टाइम्स

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ५० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको