काठमाडौँ उपत्यकाको निषेधाज्ञा ११ दिन थप « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा ११ दिन थप

खाद्यान्न र तरकारी पसल खोल्न पाइने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई ११ दिन थप भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार भएको बैठकले निषेधाज्ञा ११ दिन थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा केही खुकुलो हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप गरिको निषेधाज्ञा जेठ २० गते (भोलि) मध्यरातिबाट सकिँनै लाग्दा जेठ ३१ गतेसम्म लम्ब्याइएको हो । अबको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, पुस्तक पसल बिहान ९ बजेसम्म खुल्न दिइनेछ ।

पूर्वाधार निर्माणका काम अनिवार्य स्वाथ्य मापदण्ड पालना गरी सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ । यस्तै, तरकारी, फलफूल, माछा–मासु, ग्यास पसल पसलहरु बिहानको समयमा खोल्न दिइनेछ ।

ढुवानीका सवारी–साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ । सार्वजनिक र निजी सवारी–साधन भने चल्न दिइने छैन । निजी सवारीको हकमा अत्यावश्यक कामबाहेक आवतजावतमा लगाइएको प्रतिबन्ध यथावत छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरी बिहान ९ बजेसम्म वर्कसप पनि सञ्चालन गर्न दिइनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : ११ बजे

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा

पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा

पाल्पा– पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा निकै कडा

डाक्टर तोसिमालाई फेरि अवसर

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की

जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन्

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय