चौधरी उद्योगको बियर प्लान्टमा आगलागी, करोडौंको क्षति « Khabarhub

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी, करोडौंको क्षति


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केउरेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा बुधबार आगलागी भएको छ ।

बुधबार विहान ८ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन आठ घण्टा भन्दा बढी समय लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले बताए ।

उद्योगको बियरको बोटलिङ र गोदाममा पूर्ण रुपमा क्षति भएको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । आगलागी नियन्त्रण गर्न कावासोती नगरपालिका तथा चितवनको भरतपुर तथा खैरहनी नगरपालिकाको ५ वटा दमकल तथा नेपाली सेना, प्रहरी, उद्योगका कर्मचारीहरु खटिएका थिए ।

उद्योगको आगलागी भएको भवनको भित्री भागमा अझै आगो हुन सक्ने भएकाले जेसिभीले भवन भत्काउने काम बुधबार बेलुकासम्म नै भएको थियो । तीन वटा एम्बुलेन्स रातिसम्म पनि उद्योगमै रहेको डिएसपी गिरीले जानकारी दिए ।

कैयौं उपकरणहरु एउटैको करोडौं पर्न सक्ने भएकाले कम्पनीबाट क्षतिको विवरण निकाल्न १०/१२ दिन लाग्ने जानकारी पाएको डिएसपी गिरीले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : ०९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार