के हो कोलेस्ट्रोल ? कारण र बच्ने उपाय « Khabarhub

के हो कोलेस्ट्रोल ? कारण र बच्ने उपाय


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कोलेस्ट्रोल आफैंमा खराब भने होइन । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ जसले प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्दछ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोल शरीरको विभिन्न अंगमा पुग्दछ । साथै कहिलेकाहिँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, यसले मुटुमा समस्या पैदा गर्ने खतरा हुन्छ ।

कोलेस्ट्रोल दुई प्रकारका हुन्छ, एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) र एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन) । एलडीएललाई खराब कोलेस्ट्रोल भनिन्छ । यसले कोलेस्ट्रोललाई कलेजोबाट कोशिकामा पुर्‍याउने गर्दछ । यसको मात्रा बढी भएमा कोशिकाहरुमा हानीकारक रुपमा जम्मा हुन थाल्दछ । समय संगै एलडीएलले रक्तनलीलाई कडा बनाउँदै जान्छ । तर एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ । यसले मुटु सम्बन्धि रोग लाग्नबाट बचाउँछ । कुनै पनि मानिसमा कोलस्ट्रोलको स्तर २०० एमजी रडिएल भन्दा कम हुनु पर्दछ ।

एलडीएल (खराब कोलेस्ट्रोल) को लक्षण
– शरिरमा थकान महसुस हुनु
– अचानक कमजोरी महसुस हुन थाल्नु
– शरीरमा आलस्यता बढ्नु
– वजनमा वृद्धि हुनु
– श्वास फेर्न कठिन हुनु
– अत्याधिक मात्रामा पसिना आउनु
– बेचैनी बढ्नु
– छाती दुख्नु

कारण
– परिवारमा कसैलाई मुटु सम्बन्धि दीर्घकालीन रोग भएमा
– परिवारमा कसैलाई उच्च कोलेस्ट्रोल भएमा
– मधुमेह, उच्च रक्तचाप, हाइपरटेन्सन, मृगौला सम्बन्धि समस्या भएमा
– कलेजो सम्बन्धि समस्या, हाइपर थाइराईडिज्म भएमा
– महिनावारी छिटै रोकिएका महिलाहरुमा
– उमेर बढ्दै जादाँ

बच्ने उपाय
– रातो मासुको सेवन नगर्ने, यसको सट्टा माछाको सेवन गर्ने ।
– जनावरसँग सम्बन्धित एनिमल फ्याटको सेवन कम गर्ने ।
– घिउ, बटर, नौनी, चीज लगायत पदार्थको सेवनमा कमी गर्ने ।
– गुलियो तथा मिठाईबाट बसेका परिकार नखाने ।
– मासुको तुलनामा फलफूल, हरिया सागसब्जीको सेवन बढाउने ।
– रेसादार तथा फाइबरयुक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने
– बोसो तथा छालायुक्त मासुको सेवनमा कमी ल्याउने ।
– बेलुका पर्याप्त निदाउने, अनिन्द्रा वा जागा नहुने ।
– मद्यपान, धुम्रपानको सेवन नगर्ने ।

– प्रशस्त व्यायाम । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ३० बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु