के हो फ्याटी एसिड ? कसरी बढाउने ? « Khabarhub

के हो फ्याटी एसिड ? कसरी बढाउने ?


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विभिन्न खानेकुरा र माध्यामबाट प्राप्त हुने फ्याटी एसिड शरीरकालागि आवश्यक मानिन्छ । यो एक प्रकारको बोसो हो । यसले शरीरमा उर्जाको सञ्चार हुन्छ । साथै हृदय रोग, एलर्जी वा डिप्रेसनबाट पनि रक्षा गर्छ ।

शाकाहारी र मांसाहारी दुवै स्रोतबाट हामीले ओमेगा ३ फ्याटी एसिड प्राप्त गर्न सक्छौ । ओमेगा ३ ले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ । यसका लागि निम्न खानेकुराको सेवन लाभदायी हुन्छ ।

१. बदाम फ्याटी एसिडको अत्यन्त ठूलो स्रोत हो । दैनिक बदाम खाने गरेमा यसले शरीरमा लाभै लाभ पुर्याउँछ ।

२. ओखर केवल फ्याटी एसिड मात्र होइन, प्रोटीन र डाइटरी फाइबरको पनि राम्रो स्रोत हो । यसमा म्यागनीज, कपर, फस्फोरस र म्याग्नेसियम हुन्छ । यसलाई दैनिक खान सकिन्छ ।

३. आलसमा ओमेगा ३, लिगनेन्सका अलावा धेरै प्रकारका पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । यो घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर र प्रोटिनको राम्रो स्रोत हो । यसलाई दिनभरीमा तीन ग्रामसम्म लिन सकिन्छ । अचार बनाएर पनि यसको उपभोग गर्न सकिन्छ ।

४. भाङको बिउमा पनि फ्याटी एसिडसहित केही पोषण तत्व हुन्छ । यसमा प्रोटीन, भिटामिन ईका साथमा फस्फोरस, पोटासियम, सोडियम, सल्फर, क्याल्सियम, आइरन र जिंक जस्ता खनिज पदार्थ पाइन्छ ।

५. जैतुनको तेलमा फ्याटी एसिडको भरपुर मात्रा हुने भएकाले यसको दैनिक उपभोगले शरिरमा धेरै प्रकारको फाइदा मिल्दछ ।

६. सबै अन्न शरीरकालागि महत्वपूर्ण हुन्छ । यसमा फ्याटी एसिड पनि पाइन्छ ।

७. अन्डाको सेतो भागमा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा हुन्छ । यसमा ९ प्रतिशत क्याल्सियम, आइरन, फस्फोरस, जिंक, थाइमीन, भिटामिन बी ६ र बी १२, फोलिक एसिड र प्याथोथेनिक एसिड पनि पाइन्छ ।

८. हरियो साग सहित हामीले खाने कतिपय तरकारीमा फ्याटी एसिडको गुण प्राप्त हुन्छ ।

९. तोरीको तेलमा स्याचुरेटेड फ्याट कम हुन्छ र यसमा ओमेगा ६ र ओमेगा ३ दुवै प्रकारका फ्याटी एसिड रहेको हुन्छ । अन्य तेलमा सोयाबीन, ओखर, आलस आदिको तेल पनि लाभदायक हुन्छ । तर, यसको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनभरमा ३ देखि ४ चम्चाभन्दा बढि लिनु हुँदैन ।

१०. सोयाबिन हाम्रो शरीरमा फ्याटी एसिड पुर्‍याउने बलियो स्रोत हो । सोयाबिनमा प्रोटिन, आइसोफलेवोन्स, फाइबर, लेसीथिन, कार्बोहाइड्रेट्स र माइक्रोन्यूट्रेट्स आदि पाइन्छ । विभिन्न एजेन्सीको सहयोग

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ४० बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार