मनसुनको सक्रियतापछि उत्पन्न विपद्‌बाट ३३ जनाको मृत्यु « Khabarhub

मनसुनको सक्रियतापछि उत्पन्न विपद्‌बाट ३३ जनाको मृत्यु


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनको सक्रियतासँगै उत्पन्न विपदबाट अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३० जना बेपत्ता छन् । ३० जना घाइते छन् ।

नेपालमा यो वर्ष २८ जेठबाट मनसुन शुरु भएको थियो ।

बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ । यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुई/दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक/एक जनाको ज्यान गएको छ । यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण अनुमान गर्न नै मुस्किल पर्ने गरेको बताए । उनले केही दिनअघि सिन्धुपाल्चोकमा आएको बाढी पूर्वानुमानभन्दा बाहिर रहेकोसमेत जानकारी दिए ।

योवर्ष हिमाली क्षेत्रबाट पानी पर्न शुरु गरेकाले मनसुनमा पनि जलवायु परिवर्तनको असर देखिएको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ५५ बजे

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी