कोरोना संक्रमणबाट ओमानमा ५ नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट ओमानमा ५ नेपालीको मृत्यु


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ओमानमा कार्यरत ५ जना नेपालीको मृत्यु भएको छ ।

ओमानस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कोभिड-१९ अहिलेसम्म ओमानमा कार्यरत ५ जना नेपालीहरूको मृत्यु भएको छ । केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाली दूतावासले जनाएको छ ।

संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेकाले त्यहाँ कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई ओमानको सर्वोच्च समितिको निर्णयहरूको पूर्ण पालना गर्न दूतावासले अपिल गरेको छ ।

ओमानले कोरोनाको अनुगमन मुल्याङ्कन गरिरहेको त्यहाँको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि रात्रिकालीन लकडाउन लागु गरिएको पनि दूतावासले जनाएको ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिड-१९ को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएकाले संक्रमणको जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकोले त्यहाँ कार्यरत नेपालीहरूले आ-आफ्नो कम्पनी वा स्पोन्सरमार्फत खोप लगाउन समेत सबैमा अनुरोध गरेको छ ।

साथै, नेपाल लगायत विदेशबाट ओमान प्रवेश गर्ने यात्रुहरूले अनिवार्य संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम पनि यथावत राखिएको दूतावासले जनाएको छ ।

यसरी प्रवेश गर्ने यात्रुहरुले तारासुद प्लस एपमार्फत आफ्नो विवरण भरी अवतरण भएपश्चात् एअरपोर्ट मै पीसीआर परीक्षण गर्नु पर्ने व्यवस्था अनिवार्य गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ५५ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले