कोरोना संक्रमणबाट ओमानमा ५ नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट ओमानमा ५ नेपालीको मृत्यु


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ओमानमा कार्यरत ५ जना नेपालीको मृत्यु भएको छ ।

ओमानस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कोभिड-१९ अहिलेसम्म ओमानमा कार्यरत ५ जना नेपालीहरूको मृत्यु भएको छ । केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाली दूतावासले जनाएको छ ।

संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेकाले त्यहाँ कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई ओमानको सर्वोच्च समितिको निर्णयहरूको पूर्ण पालना गर्न दूतावासले अपिल गरेको छ ।

ओमानले कोरोनाको अनुगमन मुल्याङ्कन गरिरहेको त्यहाँको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि रात्रिकालीन लकडाउन लागु गरिएको पनि दूतावासले जनाएको ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिड-१९ को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएकाले संक्रमणको जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकोले त्यहाँ कार्यरत नेपालीहरूले आ-आफ्नो कम्पनी वा स्पोन्सरमार्फत खोप लगाउन समेत सबैमा अनुरोध गरेको छ ।

साथै, नेपाल लगायत विदेशबाट ओमान प्रवेश गर्ने यात्रुहरूले अनिवार्य संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम पनि यथावत राखिएको दूतावासले जनाएको छ ।

यसरी प्रवेश गर्ने यात्रुहरुले तारासुद प्लस एपमार्फत आफ्नो विवरण भरी अवतरण भएपश्चात् एअरपोर्ट मै पीसीआर परीक्षण गर्नु पर्ने व्यवस्था अनिवार्य गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ५५ बजे

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा