सभापतिका प्रत्यासी बाहेकका नेतासँग छलफल गर्ने कांग्रेसका नेतात्रयको पूर्वनिर्धारित कार्यक्रम स्थगित | Khabarhub Khabarhub

सभापतिका प्रत्यासी बाहेकका नेतासँग छलफल गर्ने कांग्रेसका नेतात्रयको पूर्वनिर्धारित कार्यक्रम स्थगित


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसका नेता आन्तरिक छलफलमा व्यस्त छन् ।

आफू निकट तथा अन्य समूहका नेतासँगको छलफलमा नेताहरू जुटिरहेका बेला सभापतिका प्रत्यासी नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

कार्यव्यस्तताको कारण देखाउँदै शुक्रबारको कार्यक्रम स्थगित भएको जनाएका हुन् ।

नेता सिंहले भेला स्थगित गर्नको कारण जनाउँदै भनेका छन्, ‘क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु ।’

कांग्रेस उपसभापति निधि, महामन्त्री डा. कोइराला र पूर्वमहानमन्त्री सिंहले आगामी भदौमा तय भएको १४ औं महाधिवेशनमा सभापतिमा दाबी गर्दै आएका छन् । उनीहरु तीनैजना आ–आफ्नो निवासमा पालैपालो संयुक्त बैठक पनि बस्दै आएका छन् । पछिल्लो पटक ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा उनीहरुबीच महाधिवेशन केन्द्रित छलफल भएको थियो ।

सो बैठकले सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने तय गरेको थियो ।

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने नेता सिंहको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ११ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०