तनहुँमा बाढीले फलामे पुल बगाएपछि काठे साँघु निर्माण « Khabarhub

तनहुँमा बाढीले फलामे पुल बगाएपछि काठे साँघु निर्माण


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् ।

पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो ।

सेराबेँसीलगायतका स्थानका बासिन्दा बजारको किनमेलका साथै खेतीपाती गर्न समेत उक्त पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी एवं हंशबाहिनी माध्यमिक विद्यालय तनहुँका शिक्षक ठाकुरप्रसाद खनालले जानकारी दिए ।

प्रत्येक वर्ष वर्षातको समयमा हुने बाढीका कारण समस्या पर्ने गरेको बताउँदै उनले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताए ।

वर्षातको समयमा यस क्षेत्रमा पर्ने खुदीखोला, तालखोला, गुवेखोला, आपुखोला, फुस्रेखोलामा बाढीसँगै जमिनसमेत कटान हुने गरेको भूक्षय, जलाधार वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

यस क्षेत्रको जलाधार संरक्षण गर्दै भूक्षय नियन्त्रणका लागि समितिले निरन्तर पहल गरिरहेको बताउँदै उनले साविकको लेखनाथ नगरपालिकाका वडा नं १२, १३, १५ का साथै देउराली गाविसको वडा नं १ का जनप्रतिनिधिसहित खुदीखोलाको जलाधार संरक्षण एवं भूक्षय नियन्त्रणका लागि नदीजन्य वस्तु ननिकाल्ने सहमति गरिएको जानकारी दिए ।

खुदी खोलामा नदीजन्य वस्तु ननिकाल्नका लागि यसअघि नै सहमति भइसकेका अवस्थामा आगामी दिनमा पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै एकताबद्धरूपमा लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ०९ बजे

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला

काठमाडौं- बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा

कांग्रेसका नवनिर्वाचित सांसदहरूसँग संसदीय दलको अन्तरक्रिया

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका सदस्य र नवनिर्वाचित

सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो

हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन

काठमाडौं- श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले दार्चुलास्थित