आजदेखि नियमित भिसा सेवा सुचारु, एक हप्तासम्म शुल्क नलाग्ने « Khabarhub

आजदेखि नियमित भिसा सेवा सुचारु, एक हप्तासम्म शुल्क नलाग्ने


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित नियमित भिसा सेवा आजदेखि सुचारू गर्ने भएको छ । विभागले गत जेठ ५ गतेदेखि आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगित गरेको थियो ।

बिहीबारबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भएसँगै भिसा सेवा सुचारु गरेको विभागको भनाइ छ । विभागका अनुसार असार २४ गतेसम्मको निःशुल्क भिसा सेवा नियमित गरिने छ ।

साथै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि बताइएको छ । असार २४ गतेपछि भने भिसा नियमित गर्न आउनेलाई भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना पनि लाग्ने बताइएको छ ।

निषेधाज्ञा अघि पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकोमा निषेधाज्ञाका कारण भिसा अवधिको समय बढाइएको छ । अहिले पर्यटकीय भिसामा २१० दिनसम्म बस्न सकिने छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : १५ बजे

नवलपुर–२ मा रास्वपाका खनाल विजयी

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय

कैलाली–२ मा रास्वपाका खनाल अग्रस्थानमा

कैलाली– कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पाँच वर्षलाई बन्द हुँदै कम्युनिस्ट नामका यी साना दोकान

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले कम्युनिष्ट नामधारी

ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

काठमाडौं– ललितपुर क्षेत्र नं १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा