आजदेखि नियमित भिसा सेवा सुचारु, एक हप्तासम्म शुल्क नलाग्ने | Khabarhub Khabarhub

आजदेखि नियमित भिसा सेवा सुचारु, एक हप्तासम्म शुल्क नलाग्ने


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित नियमित भिसा सेवा आजदेखि सुचारू गर्ने भएको छ । विभागले गत जेठ ५ गतेदेखि आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगित गरेको थियो ।

बिहीबारबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भएसँगै भिसा सेवा सुचारु गरेको विभागको भनाइ छ । विभागका अनुसार असार २४ गतेसम्मको निःशुल्क भिसा सेवा नियमित गरिने छ ।

साथै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि बताइएको छ । असार २४ गतेपछि भने भिसा नियमित गर्न आउनेलाई भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना पनि लाग्ने बताइएको छ ।

निषेधाज्ञा अघि पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकोमा निषेधाज्ञाका कारण भिसा अवधिको समय बढाइएको छ । अहिले पर्यटकीय भिसामा २१० दिनसम्म बस्न सकिने छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : १५ बजे

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर