बढी भाडा लिएर यात्रुलाई ठगेको आरोपमा ८ जना पक्राउ « Khabarhub

बढी भाडा लिएर यात्रुलाई ठगेको आरोपमा ८ जना पक्राउ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारीदेखि निजी सवारी साधनका चालकसमेत छन् ।

हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने/भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगिन सक्ने हुनाले ट्राफिक प्रहरीले विशेष सक्रियता देखाउदै आएको छ ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१-०१-००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षे पुण्य प्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका बर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका बर्ष३९ को हरेन्द्र बुढाथोकी रहेका छन । पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एवं गोप्य निगरानी गरिरहेको र तोकिएको भन्दा बढी भाडा लिएमा वा निजी गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिने समेत एसएसपी जनक भट्टराईले बताए । ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १२ : १५ बजे

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवाद, उच्च अदालत जनकपुरले थाल्यो नयाँ अभ्यास

काठमाडौं– उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको