सोमबार साँझसम्म हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई एमालेको निर्देशन | Khabarhub Khabarhub

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई एमालेको निर्देशन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षले गरेको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता लिन निर्देशन दिएको छ ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताएका थिए । उनले भने , ‘दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुँदैन । कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’

अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको निर्देशन बमोजिम सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा योगदान गर्न आह्वान गरेका छन् ।

भने, ‘आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनु भएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही साथीहरु मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहना सबैको विपरित रहेका विषय हुन् । त्यो हस्ताक्षरलाई सोमबार साँझ ५ बजेसम्म फिर्ता लिएर एकतामा योगदान गर्न आहृवान गरेका छौँ ।’

दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने गएनन् ।

प्रतिनिधिसभा विघटनको निर्णय खारेज र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा नेपाल पक्षका विघटित प्रतिनिधिसभाका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

तर एकतर्फी रूपमा महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटीको बैठक राखेका अध्यक्ष ओलीले तीन दिने अल्टिमेटम दिएका छन् र हस्तक्षर फिर्ता नभए कारबाही गर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : ०९ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी थप सात जना पक्राउ

काभ्रेपलाञ्चोक– जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप

प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले पूर्वप्रधानन्यायाधीश

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

धरान – लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्वअर्थमन्त्री फोरमको आह्वान

काठमाडौं – पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका