काठमाडौँमा पनि बाढीको जोखिम ! महानगर गर्दैछ व्यवस्थापनको तयारी « Khabarhub

काठमाडौँमा पनि बाढीको जोखिम ! महानगर गर्दैछ व्यवस्थापनको तयारी


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही ठाउँमा खोलामा आउने बाढीले क्षति पुर्‍याउन सक्ने अनुमान गरेर विपद् व्यवस्थापनको तयारी गरेको छ ।

अनामनगर, सामाखुसी र बल्खुमा बाढीको जोखिममा रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँका वाग्मती, धोबीखोला र विष्णुमती खोलामा बाढी आउँदा आसपासका बस्तीहरू जोखिममा पर्ने गरेका छन् ।

महानगरले अहिले अनामनगर क्षेत्रमा खोला सफाइको काम गरिरहेको महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले खबरहबलाई बताए ।

‘बल्खुमा सानेपा जाने बाटोको सुकुम्बासी बस्ती र कलंकीमा बढी जोखिम देखिएको छ,’ उनले भने, ‘जुनसुकै बेला बाढी पस्ने जोखिम रहेकाले अहिले खोलामा सफाइ गरिरहेका छौँ ।’

उनका अनुसार खोलामा जम्मा भएको माटो निकालेर सफा गर्दा खोलाको पानीले डिल नाघेर क्षति पु¥याउने सम्भावना कम हुन्छ । अनामनगरमा र सामाखुसी क्षेत्रमा खोलो सफा गर्ने उनले बताए ।

राष्ट्रिय जोखिम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी पहिरोबाट देशभर करिब १८ लाख मानिस प्रभावित हुने पूर्वानुमान गरेको छ ।

महानगरपालिकाले काठमाडौँमा बाढी पस्ने सम्भावित क्षेत्रमा कति घरपरिवार प्रभावित हुन सक्छन् भन्ने पूर्वानुमान भने गरेको छैन ।

‘बाढीले कति क्षति गर्छ भन्ने कुरा पूर्वानुमान गर्नसकेका छैनौँ,’ महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले भने, ‘कोभिडको कारण पनि त्यति ध्यान गएन ।’

२०७६ सालको वर्षातमा काठमाडौँका केही ठाउँमा खोलाको पानी पसेको थियो । श्रेष्ठका अनुसार अहिले अनामनगर, सामाखुशीलगायत क्षेत्रमा खोला सफाइको माग आउने गरेको छ ।

सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वयमा काम गर्ने तयारी भएको पनि उनले बताए ।

प्रकोप व्यवस्थापनका लागि उद्धार र राहतका आवश्यक सामग्री तयार राखिएको श्रेष्ठले बताए । महानगरले बाढी प्रभावितका लागि राहत वितरण कोषमा जम्मा भएको रकम खर्च गर्ने उनको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार अनुसार महानगरको विपद् राहत कोषमा ३० लाख रुपैयाँ जम्मा भएको छ ।

महानगरले सिन्धुपाल्चोको मेलम्ची नगरपालिकालाई २ करोड तथा दुई गाउपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई ५०–५० लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : २३ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी