अपडेट : चोरी भएको छिन्नमस्ता मन्दिरको मुकुट भेटियो « Khabarhub

अपडेट : चोरी भएको छिन्नमस्ता मन्दिरको मुकुट भेटियो


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ ।

चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति करिब ७ बजे सरसफाइका लागि मन्दिरका पूजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो ।

चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए ।

मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीन पूजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो ।

मन्दिरमा सिसीटिभी जडान भए पनि तार काट्ने, क्यामेरा फुटाउने कामले गर्दा मन्दिर अहिले सिसीटिभीको निगरानीमा छैन । मन्दिरको संरक्षणमा लापर्वाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रातिदेखि नै चर्को विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : २५ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका