एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा एक पक्राउ « Khabarhub

एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा एक पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका –३ हर्दियाका ३० वर्षीय रोमन राजधामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार सुनसरीमा तीन जनामाथि एसिड प्रहार गरेर फरार राजधामीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरिएको हो ।

डीएसपी कार्कीका अनुसार राजधामीकी २८ वर्षीया श्रीमती सरू भन्ने सरस्वती बस्नेतसँग विवाद भएको र विवादका क्रममा राजधामीले श्रीमतीमाथि एसिड प्रहार गर्न खोजेका थिए ।

डीएसपी कार्कीले भने, ‘त्यही क्रममा सरू ज्यान जोगाएर घरबाट भागेर छिमेकीकोमा पुगिन् । राजधामीले पनि उनलाई लखेट्दै त्यहीं पुगे, त्यही क्रममा छिमेकीले छुट्याउँन खोज्दा उनीहरुमाथि समेत एसिड प्रहार गरेर फरार भए ।’

घटनापछि उनी भागेर काठमाडौँ पुगेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ३ : २० बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ