दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनका आधारमा सरकार अघि बढ्छ : गृहमन्त्री खाँण | Khabarhub Khabarhub

दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनका आधारमा सरकार अघि बढ्छ : गृहमन्त्री खाँण


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री खाँणले दार्चुला घटनामा सरकार गम्भीर भएकै कारण छानविन समिति बनाइएको बताए ।

उनले समितिको अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान लिने धारणा राखे । समिति गठन भइसकेको अवस्थामा यस विषयमा सरकारले अहिले नै धारणा तय गर्नु उचित नभएको उनको भनाइ छ । उनले घटनाको प्रत्यक्षदर्शीसंग पनि कुराकानी भइरहेको बताए । गृहमन्त्री खाँणले महाकाली नदीमा झोलुङ्गे पुल बन्ने काम शुरू भइसकेको पनि जानकारी दिए ।

त्यस्तै उनले मनसुन यता प्राकृतिक प्रकोपबाट विभिन्न ५५ जिल्लामा ६७ जनाको मृत्यु र ४० जना वेपत्ता भएको जानकारी दिए । बाढीबाट भएको क्षतिको मूल्याङ्कन गरी पुन: निर्माणको काम शुरु गर्न निर्देशन दिइसकेको उनले बताए । उनले प्राकृतिक विपतसँग सामना गर्दै जनताको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

बैठकमा सांसदहरुले तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग छलफल गर्न सरकारले ढिलाइ गरेको आरोप लगाएका थिए । एमालेका भैरव सुन्दर श्रेष्ठले एसएसबीले तुइनको लठ्ठा काटेको भनेर प्रत्यक्षदर्शीले बताउँदा भारतसँग कुरा गर्न किन तयार नभएको भनी प्रश्न गरे । त्यस्तै सांसद कोमल वलीले तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयता विरोधी र लज्जास्पद घटनामा सरकार समिति बनाएर मात्र बस्न नमिल्ने तर्क गरे ।

त्यस्तै बैठकमा गृहमन्त्री खाँणले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका रवि दासको विषयमा पनि आवश्यक अनुसन्धान भइरहको जानकारी गराए । उनले रवि दासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आफूसमक्ष आएको पनि बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ३ : ३२ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको