कोरोना जोखिम बढ्दै गए आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्छन् : राज्यमन्त्री श्रेष्ठ « Khabarhub

कोरोना जोखिम बढ्दै गए आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्छन् : राज्यमन्त्री श्रेष्ठ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ तेस्रो लहरको जोखिम बढ्दै गएमा आगामी दिनमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित हुनसक्ने बताएका छन् ।

उनले कोरोनाको जोखिम बढेमा परीक्षा स्थगित गरी आन्तिरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग परामर्श गर्ने जनाएका हुन् ।

मन्त्री श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत तथा कार्ययोजना सार्वजनिक गर्दै कोरोना बढे परीक्षा स्थगित गर्न सकिने बताएका हुन् ।

उनले सार्वजनिक गरेका कार्ययोजनाको ११ औँ बुँदामा ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’, उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : १३ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ