एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली « Khabarhub

एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले ९ वटा विभागहरु गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले विभागहरु गठन गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ भने स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।

त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन् ।

त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र  स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४/१५ सदस्य छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ३२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार