कर्णालीका ४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक : प्रवक्ता ज्ञवाली « Khabarhub

कर्णालीका ४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक : प्रवक्ता ज्ञवाली


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक रहेको टिप्पणी गरेका छन् ।

स्थायी कमिटिको बैठकपछि प्रवक्ता ज्ञवालीले दलीय व्यवस्थामा दलको निर्देशन नमान्नेहरुलाई कारबाही स्वभाविक भएको र सर्वोच्चले यसअघि गरेको गल्ती सच्याएको बताएका हुन् ।

उनले भने,‘दलीय व्यवस्थामा यो स्वभाविक कुरा हो । दलको निर्णय पालना गर्नु दलका सदस्यतको कर्तव्य हो । हिजोको अन्तरिम आदेश गलत थियो ।’

फैसलाले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदहरुलाई कारबाही गर्न नमिल्नेगरी गरेको फैसला समेत गलत रहेको पुष्टि भएको बताएका छन् ।

उनले भने,‘आजको फैसलाले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको व्याख्या गलत छ भन्ने आशय देखिएको छ । हामीले भन्दै आएको कुरालाई पुनः पुष्टि गरेको छ ।’

एमालेले कारबाही गरेका कर्णाली प्रदेशका सांसदहरुलाई गरेको कारबाही सदर गर्ने सर्वोच्चले आजै फैसला गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ४२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार