‘यूएनएफपीए’ले दियो सरकारलाई ८०० थान अक्सिजन सिलिण्डर « Khabarhub

‘यूएनएफपीए’ले दियो सरकारलाई ८०० थान अक्सिजन सिलिण्डर


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सरकारलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले ८०० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिङ्करीलाई कोषका नेपालस्थित उपप्रतिनिधि डा हसिना बेगमले आज रु एक करोड १९ लाख मूल्य बराबरको ८०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् ।

निर्देशक डा टिङ्करीले यसअघि कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नुपरेको उल्लेख गर्दै कोषले उपलब्ध गराएको अक्सिजन सिलिण्डरले तेस्रो लहरको समाना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कोषकी नेपाल प्रतिनिधि लुब्ना बाकीले प्रदान गरिएको अक्सिजन सिलिण्डरले कोभिड–१९ का बिरामीलाई उपचार गर्न सहयोग पुग्ने बताउँदै महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीको सुरक्षा, लैङ्गिक हिंसा, हानिकारक अभ्यासहरुको सम्बोद्धन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीको आपूर्तिसहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाको निरन्तरतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

प्रजनन उमेरका महिला तथा किशोरीको विशेष र निश्चित आवश्यकता सम्बोद्धनका लागि कोषले सङ्घीय, प्रादेशिक, स्थानीय सरकार र साझेदारसँग मिलेर काम गरिरहेको छ ।

यसअघि कोषले सङ्क्रमण रोकथाम गर्नका लागि नेपाल सरकारको प्रयासलाई मद्दत गर्न सात हजार २४८ थान पिपिइ सेट उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु