९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ « Khabarhub

९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी पश्चिम बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली १८ लाख ५० हजार र भारु ९ लाख सहित २ जनालाई बर्दघाट नगरपालिका वडा नं. १२ भटौलियास्थित परासी–नारायणचोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् ।

लु १६ प ३७२९ नम्बरको मोटरसाइकलमा बर्दघाटतर्फ आउँदै गर्दा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३५ को योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको लामाले बताए ।

बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पनि डिएसपी लामाले बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : २४ बजे

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका