नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल आज | Khabarhub Khabarhub

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल आज


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ । खेल साँझ ५ः३० बजे हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा रहेको जानकारी दिए । उनले खेल जित्नकै लागि खेल्ने बताए ।

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । उनले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताए ।

उनले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिए । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ५५ बजे

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 

काठमाडौं– गृह मन्त्रालयले वर्तमान अवस्थामा  सभा सम्मेलन तथा विरोध कार्यक्रम

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक

चिटिक्क पारिँदै गाउँ

म्याग्दी– दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो

काठमाडौं– ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था‘परोपकार’ ले ७९ औँ स्थापना