रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित « Khabarhub

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ ।

रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

इन्ज्युरी समयमा विजयी गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।

खेलको १५औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लियो । उसका लागि जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

८७औं मिनेटमा रोनाल्डोले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक बाजुन्जुले उत्कृष्ट बचाउ गरे पनि लगत्तैको कर्नरमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । जोआओ मारियोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गरेको हेडर गोलरक्षक बाजुनुले बचाउन सकेनन् ।

दुई गोल गरेर पोर्चुगललाई जित दिलाएका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने । पोर्चुगलका लागि उनको १ सय ११औँ गोल थियो । यसअघि इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन् ।

खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : ५५ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि