कोरोना भ्याक्सिनबारे विश्वस्तरीय खेलाडीका आआफ्नै मत | Khabarhub Khabarhub

कोरोना भ्याक्सिनबारे विश्वस्तरीय खेलाडीका आआफ्नै मत


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यति बेला टेनिस खेलाडीहरू यूएस ओपनको तयारीमा छन् । प्रतियोगिता आयोजक पक्षले सबै खेलाडीलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउन भनेको छ तर धेरै जसो खेलाडीहरू आनाकानी गरिरहेका छन् । भ्याक्सिन लगाउन आनाकानी गर्नेमा पुरुषतर्फ विश्व वरीयताको तेस्रो स्थानका ग्रीक खेलाडी स्टेफानो सिटसिपास समेत छन् ।

महिलातर्फ दोस्रो वरीयताकी आयरना साबलेन्काले भ्याक्सिन लगाउन आफू असहमत रहेको र यसमा विश्वास नै भएएको बताएकी छन् । उनले आफ्नो परिवारजनलाई पनि भ्याक्सिन नलगाउन सुझाउने र आफूले लगाउनै पर्ने भए दुई पटक सोच्ने बताकी छन् । छोटो समयमा भ्याक्सिन बनेका कारण उनलाई विश्वास नभएको हो ।

युक्रेनकी खेलाडी एलिना सेडटिनोभाले केही समय पर्खेर परिणाम हेरेपछि निर्णय गर्ने बताएकी छिन् । पुरुष खेलाडीको पनि भ्याक्सिनका बारे अनेक मत छ । आन्द्रे रुबलेभले अहिले भ्याक्सिन नलगाउने बताएका छन् ।

आस्लेग बार्टी र नाओमी ओसाकाले भ्याक्सिनको पक्षमा मत व्यक्त गरेका छन् । रोमानियाकी सिमोना हालेपले भ्याक्सिन लगाइन् । रोमानियामा भ्याक्सिन लगाउने उनी पहिलो टेनिस खेलाडी हुन् ।

महिलाहरूको टेनिस सङ्गठन डब्ल्युटीएले आफ्ना ५० प्रतिशतभन्दा बढी खेलाडीले भ्याक्सिन लगाएको र वर्षको अन्त्यसम्म ८५ प्रतिशतले लगाइसक्ने जनाएको छ । डब्ल्युटीएका प्रवक्ताले सबैलाई यसका लागि उत्सुक र जागरूप बनाउने तथा विश्वास दिलाउन प्रयास गर्ने बताएका छन् । परन्तु उनले व्यक्तिगत निर्णयमा निर्भर रहने पनि बताएका छन् ।

पुरुषको सङ्गठन एटीपीले पनि आफू मातहतका ५० प्रतिशतभन्दा बढी खेलाडीले भ्याक्सिन लगाएको जनाएको छ । एटीपीले वैज्ञानिक तथ्यसहित हरेक खेलाडी सुरक्षित रहन यो नै सबैभन्दा उपयुक्त भएको जनाउँदै आएको छ ।

विम्बल्डन उपविजेता तथा चार पटकका एटीपी टुर विजेता मालीभाइ वासिङ्टन भ्याक्सिनप्रति सकारात्मक छन् । खेलाडीका सामु आफूले लगाउने मात्र होइन, अन्यलाई पनि प्रोत्साहित गर्नुपर्ने उनी बताउँछन् ।

हरेक ठूला प्रतियोगिताअघि स्टार खेलाडीले भ्याक्सिनका पक्षमा लबिङ गर्दै सकारात्मक धारणा फैलाउनुपर्ने वासिङ्टनको मत छ । यसका लागि आफू अग्रसर हुने उनको भनाइ छ । उनले आफूले भ्याक्सिन लगाइसकेको पनि बताएका छन् । भ्याक्सिन लगाइसकेका खेलाडीको धारणा उपयुक्त संस्थागत प्लेटफर्म मार्फत सार्वजनिक गर्नु उचित हुने उनको भनाइ छ ।

वासिङ्टनको मतअनुसार ‘जिम्मेवारी’ को अर्थ व्यक्तिअनुसार फरक हुन सक्छ । उनी आफ्ना लागि भ्याक्सिन लगाउनु सबैको जिम्मेवारी हुने बताउँछन् । उनी वासिङ्टन टुरमा रहँदा आफूले छाती फुकाएर कोरोना विरुद्धको भ्याक्सिन लगाएको कुरा भन्न चाहन्छन् ।

धेरै खेलाडी अनिच्छुक रहे पनि सबैलाई भ्याक्सिन लगाउन प्रेरित गर्ने खेलाडीको पनि कमी छैन । बीस पटक ग्रान्डस्लाम जितेका रोजर फेडररले आफूले यस वर्षको शुरूमै भ्याक्सिन लगाएको जनाएका थिए । लामो समयदेखि प्रतिद्वन्द्वी राफेल नाडालले पनि भ्याक्सिनेसनको पक्षमा आवाज उठाउँदै आएका छन् । उनले भ्याक्सिन लगाउन कुरामा प्रेरित पनि गरेका छन् ।

गत साता अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेसियस डिजिजका निर्देशक डा. एन्थोनी फाउजीले सबैले भ्याक्सिन लगाए २०२२ मा कोरोना महामारीबाट मुक्त हुने बताएका थिए । डा. फाउजीले यो डरलाग्दो महामारीबाट सबैलाई मुक्ति दिलाउन अमेरिकी सरकारले पर्याप्त भ्याक्सिनको व्यवस्था गरेको पनि बताएका थिए ।

डा. फाउजीमात्र होइन, संसारका विज्ञ स्वास्थ्यकर्मीहरू भ्याक्सिनबारे सचेत गराउन लागिपरेका भए पनि धेरै टेनिस खेलाडीमा प्रभाव पारेको छैन । तेइस वर्षीय सिटसिपासले त भ्याक्सिनबारे आफूलाई केही थाहा नभएको बताएका छन् । ग्रीक सरकारले सबै नागरिकलाई खोप लगाउन आग्रह गरे पनि यसले उनलाई छोएको छैन ।

यूएस ओपनको पूर्वसन्ध्यामा सीएनएन लगायतका सञ्चारमाध्यमले भ्याक्सिनबारे कुरा गर्न चाहँदा पनि सिटसिपास पन्छिएका छन् । उनी भ्याक्सिनबारे कसैसँग कुरा गर्न चाहँदैनन् ।

विश्व टेनिसको सर्वोच्च निकाय आईटीएफले यूएस ओपनको दौरान सबै स्वास्थ्य मापदण्ड पूरा गर्ने र खेलाडी जिम्मेवार हुनुपर्ने धारणा राखेको छ । आईटीएफले भ्याक्सिन अनिवार्य नगर्ने र व्यक्तिगत निर्णयमै छाड्ने तर पनि सुरक्षाका लागि भ्याक्सिन प्रेरित भने गर्ने जनाएको छ ।

संसारभरका सयौँ खेलाडी न्यु योर्क आएपछि यसको असर खेलाडी मात्र होइन, विभिन्न किसिमले यूएस ओपनमा सहभागी हुने अन्यमा पनि पर्ने छ । शनिबार अमेरिकी टेनिस महासंघले विज्ञप्ति जारी गर्दै खेल हेर्न आउने दर्शकले भ्याक्सिन लगाएको कुरा न्यु योर्क मेयर कार्यालयबाट प्रमाणित हुनुपर्ने जनाएको छ ।

महासंघले अमेरिकामा पछिल्लो समय डेल्टा भेरिअन्टको प्रभाव बढेका कारणले पनि सबैलाई सुरक्षित बनाउन १२ वर्षभन्दा माथिका सबैलाई भ्याक्सिन लगाएको प्रमाण अनिवार्य गरिएको जनाएको छ ।

बिली जिन किङ राष्ट्रिय रङ्गशालामा हुने खेलका लागि अर्दर एस रङ्गशाला, लुइस आर्मस्ड्रम रङ्गशाला, ग्रान्डस्ट्यान्ड र खेल स्थल नजिकै पनि टिकट बिक्री भइरहेको छ । यी सबै ठाउँमा कम्तीमा एक डोज भ्याक्सिन लगाएको प्रमाण पेश गर्नेलाई मात्र टिकट दिन सर्कुलर गरिएको छ ।

न्यु योर्क शहरको पछिल्लो मापदण्डअनुसार भ्याक्सिन नलगाएको व्यक्तिका लागि रेस्टुरेन्ट या अन्यत्र इनर डाइनिङ रूममा प्रवेश निषेध गरिएको छ । यो नियम खेलाडीको हकमा पनि लागु हुनेछ । प्रेस बक्स लगायत केही स्थानमा भने यस्तो नियम छैन ।

यूएस ओपनमा सहभागी हुने सबैले कोभिड परीक्षण गर्नुपर्छ तर नतिजा नआएसम्म आइसोलेसनमा बस्नु पर्ने छैन । भ्याक्सिनेसनले पनि धेरै खेलाडीलाई प्रतियोगिताबाट बाहिर जाने सम्भावना घटाउन सक्छ । खेल गुमाउने जोखिम कम गर्न पनि भ्याक्सिन उपयुक्त भएकाले आयोजकले सबै खेलाडीलाई आह्वान गरेको छ ।

अहिले न्यु योर्कमा ७० प्रतिशतभन्दा बढीले भ्याक्सिन लगाइसकेकाले प्रतियोगिता गर्न सहज भएको यूएस ओपन निर्देशक स्ट्यकी एलेटर बताउँछन् ।

एक खेलाडीले कोभिड संक्रमणका कारण यो प्रतियोगिता गुमाउने निश्चित भइसकेको छ । २०२० को अस्ट्रेलियन ओपन विजेता तथा यस प्रतियोगितामा पाँचौँ वरीयताकी खेलाडी सोफिया केनिन संक्रमित भएकी छन् । उनले आफूले भ्याक्सिन लगाइसकेको र सामान्य लक्षण देखिएको बताएकी छिन् ।

फेडरर र नाडालसँगै तीन पटकका ग्रान्डस्लाम विजेता एन्डी मुरेले सुरक्षाका लागि सबै खेलाडीले कोरोना विरुद्धको भ्याक्सिन लगाउने विश्वास व्यक्त गरेका थिए । उनले प्रतियोगितामा सहभागी माथिल्लो वरीयताका खेलाडीलाई सबैले ध्यानपूर्वक हेरेकाले भ्याक्सिन लगाउनु सामाजिक जिम्मेवारी पनि भएको बताएका छन् ।

गत वर्ष सबै ग्रान्डस्लाम प्रतियोगिता लगायत डब्ल्युटीए र एटीपी टुर कोरोनाका कारण प्रभावित भएका थिए । सबै प्रतियोगिता कडा सुरक्षा मापदण्डमा सञ्चालन गरिए । प्रायः प्रतियोगिता रित्तो रङ्गशालामा चलाइए ।

यसपटक अलि सहज अवस्थामा हुन लागेको प्रतियोगितामा अनिवार्य गरिएमात्र भ्याक्सिन लगाउने सोच बनाए ग्रीक खेलाडी सिटसिपाससँग नै मुरेको पहिलो भेट हुनेछ ।

स्टार सर्व खेलाडी नोभाक जोकोभिकले भ्याक्सिसन अनिवार्य हुन नहुने धारणा व्यक्त गरेका छन् । गत वर्ष उनी पनि एउटा खेलको समयम संक्रमित भएका थिए । सोही क्रममा आफू भ्याक्सिनको विरोधी भएको प्रतिक्रिया दिएर उनी विवादमा पनि तानिएका थिए ।

अमेरिकी टेनिस महासंघले दर्शकका लागि भ्याक्सिनको प्रोटोकल हालै तयार पारेको छ । यस अघिको प्रोटोकलमा दर्शकले भ्याक्सिन लगाउन अनिवार्य नहुने, मास्क अनिवार्य नहुने र रङ्गशालाको पूर्ण क्षमतामै खेल गराउने नीति लिएको थियो । बेसबलसहित थुप्रै खेल यसै गरी सञ्चालन गरिए । पछिल्लो समय अमेरिकामा बढ्दै गएको संक्रमणका कारण नीति परिवर्तन भएको हो ।

यसै साता न्यु योर्कका मेयर बिल डे बासियाले भ्याक्सिन अत्यन्त महत्वपूर्ण भएको बताएका थिए । उनले भ्याक्सिन नलगाएकाहरूलाई केही बन्देज लगाउने पनि जनाएका छन् ।

अमेरिकाको हकमा टेनिसमात्र होइन, अन्य खेलमा पनि भ्याक्सिनबारे मत विभाजित छ । मेजर बेसबल लिग र एनबीले आफ्ना सबै खेलाडीलाई भ्याक्सिन लगाउन आह्वान गरेको छ । मास्क रहितको समाज बनाउन सबैले भ्याक्सिन लगाउनुपर्ने र यसको नेतृत्वको खेलाडीले गर्नुपर्ने कुरा उक्त दुई संस्थाको धारणा छ । फर्मुला वानमा सहभागी हुने सबैलाई भ्याक्सिन दिइने भएको छ ।

कतिपय स्टार खेगाडीहरू कोरोना मुक्त समाज निर्माणका लागि भ्याक्सिन अनिवार्य रहेको बताउँछन् । कतिपय भने छोटो समयमा बनेका कारण शंका रहेको बताउँछन् । यस्तो शंका गर्नेमा टेनिस खेलाडीको धेरै छन् । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ८ : १० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको