प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल « Khabarhub

प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच विहीबार छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

सो भेटका क्रममा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन चाहेका तर सनाखत गर्न नपाएका संघीय संसदका सांसदको भविष्यबारे पनि चासो राखेको बताइएको छ ।

यही भदौ २२ गते सम्म स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरुले सम्बन्धित निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय तोकिएको छ ।
एमाले विभाजनपछि प्रदेशहरुमा एमालेका सरकारहरु अल्पमतमा परेपछिको अवस्थाबारे पनि प्रचण्ड र नेपालबीच छलफल भएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एमाले सरकार अल्पमतमा परेका छन् । ती प्रदेशहरुमा नयाँ सरकार बनाउने विषयमासमेत छलफल भएको छ।

यसैबीच एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ । संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा सो दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : ४६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार