१० बुँदेको भ्रममा नपर्नुहोस्: माधव नेपाल (भिडियो) « Khabarhub

१० बुँदेको भ्रममा नपर्नुहोस्: माधव नेपाल (भिडियो)

'ओली सुध्रने कुनै लक्षण छैन'


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १० बुँदेको भ्रममा नपर्न प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई आग्रह गरेका छन् ।

बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति केपी ओलीको जसरी पनि टाङमुनी छिराएर हुर्मत लिने योजना भएको आरोप लगाउदै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढङ्गबाट गरिएको भन्ने ओलीमा स्वीकारोक्ति नरहेकाले ओलीमा सुध्रिने कुनै लक्षण नरहेको पनि बताए ।

उनले आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर बिलिन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै आफ्नो पार्टी विद्रोह गरेर जन्मिएकाले त्यसको भ्रममा नपर्न पनि आग्रह गरे ।

उनले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात गरेर नयाँ ढङ्गबाट अघि बढ्ने बताए ।

संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएपछि माधव नेपाल लगाएतका सांसदहरु बिहीबार कार्यालय पुगेका थिए ।

संघीय संसद सचिवालयका दलका नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भदौ ९ गते मान्यता दिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ३६ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको