भारतविरुद्ध चाहेर पनि उपस्थित हुन सकिन : रोहित | Khabarhub Khabarhub

भारतविरुद्ध चाहेर पनि उपस्थित हुन सकिन : रोहित


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा चाहेर पनि आफू सहभागी हुन नपाएको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै रोहितले आफूले भारतविरुद्ध खेल्न नपाएकोमा दुःखी भएको उल्लेख गरेका छन् । ‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दुःखित छु,’ २९ वर्षीय डिफेन्डर रोहितले लेखेका छन् ।

हाल रोहित व्यावसायिक फुटबलका लागि इन्डोनेसियामा छन् । पर्सिजा जाकर्तामा अनुबन्धित रोहित पोखरा प्रशिक्षण क्रममा जाकर्ता पुगेका हुन् । जाकर्ता पुगेपछि उनी आठ दिन क्वारिन्टिनमा बसेका थिए ।

इन्डोनेसियाको लिग वान शुक्रबारबाट सुरु हुँदैछ । उनले शुक्रबारबाट सुरु हुने लिग वानका लागि लामो समय क्वारेन्टिन बस्नुपर्ने र त्यसकारण एन्फालाई सम्पूर्ण जानकारी गराउँदै जाकर्ता उडेको जानकारी गराएका छन् । ‘इन्डोनेसिया आएपछि आठ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको सबैलाई जानकारी गराउन चाहन्छु । यो विषयमा यसअघि नै एन्फालाई जानकारी गराइसकेको छु । नेपाल आएको अवस्थामा मेरो १६ दिन त्यसै लस हुने अवस्थामा यो समयमा आफूलाई तयारी राख्दै प्रतिस्पर्धामा निखारिने मेरो योजना हो । किनभने आगामी महिना हुने साफ च्याम्पियनसिपका लागि तयारी महत्वपूर्ण छ,’ उनले भनेका छन् ।

एन्फा एकेडेमी उत्पादन रोहितले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीलाई शुभकामनासमेत दिएका छन् । यस्तै, उनले साफ च्याम्पियनसिपका लागि यी दुई खेल राम्रो तयारी हुनेसमेत उल्लेख गरेका छन् ।

‘भारतविरुद्ध आज हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमलाई अग्रिम शुभकामना । कोभिड–१९ महामारीबीच घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनु नेपाल टिम र नेपाली समर्थकका लागि सुखद् पक्ष हो । भारतविरुद्धको खेलले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाललाई फाइदा पुग्ने विश्वास छ,’ रोहितले भनेका छन् ।

रोहितसँग घरेलु लिगसहित भारतीय लिग, मलेसियन लिग खेलेको अनुभव छ । उनले विगत आधा दशकदेखि पर्सिजा जाकर्ताबाट खेल्दै आइरहेका छन् ।

उनले भौतिक रुपमा जाकर्तामा रहे पनि आफ्नो मन मस्तिष्क दशरथ रंगशालामा हुने पनि बताएका छन् । ‘भारतविरुद्धको चाहेर पनि उपस्थित हुन सकिनँ । भौतिक रूपमा जाकर्तामा रहे पनि मेरो मन–मस्तिष्क दशरथ रंगशालामा नै हुनेछ,’ नेपाल उमेर समूहको समेत प्रतिनिधित्व गरेका रोहितले भने का छन्।

नेपालले आज ९बिहीबार० र आइतबार भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल अपराहन् साढे ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : ३५ बजे

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा