‘तपाईंको मास्क खोई ?’ अभियान :  १० लाख ७८ हजार बढीलाई मास्क वितरण « Khabarhub

‘तपाईंको मास्क खोई ?’ अभियान :  १० लाख ७८ हजार बढीलाई मास्क वितरण


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ८६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

अभियान अन्तर्गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ७८ हजार ३ सय ९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४१ जनालाई ४ हजार १ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ३० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार