आइडा आँधीका कारण अमेरिकामा ९ जनाको मृत्यु « Khabarhub

आइडा आँधीका कारण अमेरिकामा ९ जनाको मृत्यु


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाको न्यू योर्क र न्यू जर्सी राज्यमा भिषण वर्षा र ‘आइडा’ आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

न्यू योर्कको प्रहरी विभागका प्रवक्ताले मध्यराति एक वृद्ध मृत अवस्थामा फेला परेको जनाएका छन् । न्यू जर्सीको पासाइक सहरका नगर प्रमुख हेक्टर लोराले बिहीबार न्यू योर्कमा ८ जनाको र न्यू जर्सीमा १ जनाको मृत्यु भएको जानकारी दिए ।

 

न्यू योर्कमा सन् १९२७ यता यस्तो भिषण वर्षा भएको पहिलो पटक भएको सीएनएनले जनाएको छ । सेप्टेम्बर १ मा दुवै राज्यको इतिहास अहिलेसम्मको सर्वाधिक वर्षा भएको छ ।

नेवार्कमा ८ दशमलव ४१ इञ्च पानी परेको रेकर्ड गरिएको छ ।

न्यू योर्कमा पनि प्रशासनले भिषण वर्षाका कारण बाढी आउनसक्ने भन्दै चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ०७ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा