नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी « Khabarhub

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् ।

खेलको  पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो ।

भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा गोल गरेका थिए ।

बाँकी समयमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर पाए पनि बललाई जाली चुमाउन सकेनन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : २३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार