बालविवाह रोकथाममा जुटे म्याग्दीका किशोरी « Khabarhub

बालविवाह रोकथाममा जुटे म्याग्दीका किशोरी


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- जिल्लाको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् ।

बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताइन् । उनले भनिन्, ‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन, त्यसैमा बच्चा जन्मन्छ, आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ, शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्नुपर्छ ।’

कार्यबोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसाबले निकै कमजारे अनुभूति हुने गर्छ । गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई बुझाउने गरेको किशोरी विश्वकर्माले बताइन्। सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्राउन यहाँका किशोरीहरुले हप्ताको एक दिन घरघर गएर अभिभावकलाई बुझाउने गरेका छन् । अहिले यहाँका केही स्थानीय तहमा बालविवाहविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको बताइएको छ ।

अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतिजन्य क्रियाकलापमा कमी आएको मालिका-३ रुमका दलबहादुर विकले बताए । यहाँका स्थानीय तहले पनि बालविवाहविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् । धौलागिरि र मालिका गाउँपालिकाले बालविवाहविरुद्ध किशोरीलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका ती स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । मालिका गाउँपालिकाले ‘विवाहवरी २० वर्ष पारि’ भन्ने अभियान नै सञ्चालन गरेको छ भने धौलागिरि गाउँपालिकाले पनि बालविवाहविरुद्धको अभियानलाई तीव्ररुपमा सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : ४६ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी