दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु « Khabarhub

दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो ।

कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । उनका अनुसार भदौ तेस्रो साताबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।

प्लाण्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । ‘प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ’, उनले भने, ‘अस्पतालमै अक्सिजन उत्पादन सुरु भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।’

रु ७५ लाख बजेट प्राप्त भएकामा टेण्डरमार्फत रु ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शङ्कर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना सङ्क्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना सङ्क्रमित छैनन् ।

अस्पतालले आइसियु र भेन्टिलेटरसमेत सुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शय्याको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको थियो ।

पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप थाइराइड, आँखा र दाँत उपचार सेवा सुरु भइसकेको छ । सो अस्पतालबाटै थाइराइड सेवा सुरु भएपछि सर्वसाधारणलाई यसको उपचारका लागि महँगो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ३७ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित