पक्की पुल र सडक नबन्दा झोलुङ्गोमै बिरामी « Khabarhub

पक्की पुल र सडक नबन्दा झोलुङ्गोमै बिरामी


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- भौगोलिकरूपले  विकट सर्लाहीको चुरे क्षेत्रका वासिन्दाले बिरामी बोक्न अझै झोलुङ्गोकै भर पर्नुपर्ने बाध्यता छ ।

सडकको अभव र खोलानालामा पक्की पुल नबन्दा यहाँको बस्तीमा बिरामी बोक्न अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको हो ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटकपटक बनाइएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षाका बेला खोला तरेर झोलुङ्गोमा बिरामी लैजान पनि कठिन हुँदै आएको छ ।

दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुनाका साथै उत्पादित खाद्यपदार्थ  बजार लान समस्या हुने स्थानीयवासी चर्तुमान घिसिङले बताए ।

गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुङ्गोमा पालैपालो बोकेर पूर्वपश्चिम लोकमार्ग छेउछाउका स्वास्थ्य संस्थामा पुर्‍याउन हामी बाध्य भएको उनले बताए । बाढी आउँदा भने ज्यान नै जोखिममा पारेर बिरामी तथा दैनिक उपभोग्य सामग्री पार लगाउनुपर्ने बाध्यता रहेको अर्का स्थानीयवासी चन्द्र वाइबाले बताए ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या अझैसम्म विद्यमान छ । ती क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा बिरामीलाई झोलुङ्गोमा बोकेर लैजानुपर्छ तर कहिलेकाही  बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष सुवाई सिंह ब्लोनले बताए ।

प्रदेश २ कै कर्णाली भनेर चिनिने नारायण खोलामा बाटो बनाउने काम भई रहेको छ भन्दै नगर प्रमुख मानबहादुर खड्काले त्यहाँको विकास लागि आफूहरुले सबै शक्ति लगाएर कार्य गरिरहेको  जानकारी दिए ।

उनका अनुसार स्थायी बाटो बनाउने योजना बनाइएकामा  यो वर्ष १४ किलोमिटर बाटो निर्माण भइसकेको र पुलका लागि टेण्डर आह्वान भइसकेको छ । चाडपर्वमा स्थानीयवासीलाई आवतजावतमा समस्या हुन नदिन  तत्काल अस्थायी बाटो तयार पारिने छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : १० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ