ओलीले धोका दिएपछि हेडक्वाटरमा बमबारी गरेँ : प्रचण्ड « Khabarhub

ओलीले धोका दिएपछि हेडक्वाटरमा बमबारी गरेँ : प्रचण्ड


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वाटरमा ‘बमबारी’ गरेको बताएका छन् ।

शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोका दिने नीति ओलीले लिएपछि १९ पृष्ठ लामो दस्ताबेजलाई बमबारीको रुपमा प्रयोग गरको बताए ।

उक्त समयमा मुलुककै प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै रहेको भन्दै देश दुर्घटनामा पर्न नदिन आफूले त्यस्तो कदम लिएको टिप्पणी गरे ।

प्रचण्डले ओली प्रधानमन्त्री छँदा तीन वर्ष आफूलाई बालुवाटारको बन्दी बनाएको आरोप पनि लगाए । उनले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुको बिकल्प नरहेको जिकिर गरे । उनले एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने र दोष माओवादीलाई लगाउने योजना बुनिएको भन्दै सतर्क रहनुपर्ने बताए ।

त्यस्तै प्रचण्डले देशको हिरो माओवादी नै भएको दावी गर्दै अव माओवादीको अगुवाइमा पूर्वमाओवादीको एकता प्रक्रिया सुरु गरिने बताए । एकताका लागि मोहन वैद्यलगायतका नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : १८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ