विराट–अनुष्काको छोरीलाई बलात्कारको धम्की « Khabarhub

विराट–अनुष्काको छोरीलाई बलात्कारको धम्की


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय क्रिकेट टिम टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग पराजित भएपछि तिब्र बलर मोहम्मद शमीलाई ट्रोलरले निशाना बनाएका थिए । केही प्रयोगकर्ताले शमीको धर्ममाथि निशाना बनाउदै उनलाई ‘गद्धार’ सम्म भन्न पछि परेनन् । यसपछि कप्तान विराट कोहलीले यस्ता ट्रोलर्समाथि तिब्र रिस पोखेका थिए । उनले ट्रोलर्सलाई ‘बिना मेरुदण्ड’को मानिस भनी रोष प्रकट गरेका थिए ।

ट्रोलर्सलाई विराटको रिस मनपरेन र उनीहरुले विराट र अभिनेत्री अनुष्का शर्माको छोरी वामिकामाथि गाली र असंवेदनशिल टिप्पणी गर्न थाले । यतिसम्मकी उनीहरुको छोरीलाई बलात्कार गर्नेसम्मको धम्की दिए । बलात्कारसँग जोडिएको पोस्ट आन्द्रे बोर्गेसले शेयर गरेका छन् ।

विराट–अनुष्काको छोरीलाई बलात्कारको धम्की दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले विराटको समर्थन गरेका छन् । एक प्रयोगकर्ताले ‘केही घटिया मानिसले पहिलेदेखि नै वामिकालाई ट्रोल गरिरहेका छन् । उनीहरु हाम्रो देशको स्तरलाई दर्शाइ रहेका छन् । यो राम्रो कुरा हो कि विराट–अनुष्काले वामिकलाई सामाजिक सञ्जालबाट टाढा राख्ने निर्णय लिएका छन्’ भनी लेखेका छन् ।

ट्रोलर्सले क्रिकेटरको परिवारलाई निशाना साँधेको यो पहिलोपटक होइन । आइपीएलमा असफल भएपछि ट्रोलर्सले क्रिकेटर महेन्द्रसिंह धोनीकी पत्नी साक्षीको इन्स्टाग्राम एकाउण्टमा उनको ५ वर्षकी छोरी जीवालाई बलात्कारको धम्की दिएका थिए ।

धोनीकी छोरीमाथि दुष्कर्म गरेको मामलामा कच्छबाट एक नाबालिगलाई हिरासतमा राखिएको थियो । आरोपी १६ वर्षका ११ कक्षामा पढ्ने विद्यार्थी थिए । पश्चिम कच्छ प्रहरीले उनलाई पक्राउ गर्नुअघि आरोपीले विवादित कमेण्टलाई सामाजिक सञ्जालबाट हटाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ४८ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको