सार्कका महासचिवसहितको टोली लुम्बिनीमा « Khabarhub

सार्कका महासचिवसहितको टोली लुम्बिनीमा


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् । सार्कमा रहेकामध्ये दुई बौद्ध राष्ट्र भए पनि अन्य मुलुकमा समेत बुद्धिस्ट र बौद्ध संस्कृति उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले नेपालबाट शान्तिको सन्देश विश्वभर फैलिरहेको बताए । बुद्धका सन्देशले सार्कमात्रै नभई विश्वलाई नै शान्ति र करुणामय राख्ने विश्वास उनले व्यक्त गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सार्कका अन्य मुलुकका विश्वविद्यालयका शैक्षिक कार्यक्रमसँग जोड्नका लागि आफूले सहयोग गर्ने उनले बताए ।

‘सार्कका मुलुकहरूबीच सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्नुपर्छ, बुद्ध दर्शन त्यो महत्त्वपूर्ण पाटो हो’, उनले भने । विद्यार्थीहरूलाई एकअर्का मुलुकमा अध्ययन गर्न पठाएर सार्कबीचको बलियो सम्बन्ध कायम हुनसक्ने उनले बताए ।

त्यस अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सार्कमार्फत अन्य देशसँग प्राज्ञिक उन्नयनमा सहकार्य गर्न खोजिरहेको बताए । उनले महासचिवलाई समन्वयका लागि आग्रहसमेत गरे ।

विश्वविद्यालयले विदेश विद्यार्थीलाई अध्यापन गराइरहेको र त्यसमा सार्क मुलुकका विद्यार्थीलाई लुम्बिनीमा ल्याई बौद्ध दर्शनको पठनपाठन गर्नका लागि सार्क सचिवालयबाट पहल गरिदिन आग्रह गरे । १० वर्षे रणनीति बनाइरहेको विश्वविद्यालयलाई आवश्यक सुझाव दिन समेत महासचिवलाई उनले अनुरोध गरे । विश्वविद्यालयले श्रीलंका र भारतका केही विश्वविद्यालयसँग सहकार्य गरिएको जनाकारी दिँदै उनले अन्य देशमा पनि सहकार्यलाई अघि बढाइने बताए ।

त्यस अवसरमा विश्वविद्यालयका डीनहरू डा माणिकरत्न शाक्य, प्रा डा रामचन्द्र पौडेल, प्रा डा संकिच्च महास्थविरले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन अध्ययन र अनुसन्धान तथा बौद्ध स्थलको उत्खनन् सम्बन्धी गरेका प्राज्ञिक गतिविधिको बारेमा जानकारी गराएका थिए ।

सार्क महासचिव विराकुन नेतृत्वमा आएको टोलीमा उनकी पत्नी एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडिपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारी लगायत सहभागी थिए । टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरको बौद्ध स्तुपा, केन्द्रीय क्याम्पसको अवलोकन गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ०३ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको