प्रकाश र रोदन जनही ५० हजार पाँच रुपैयाँसहित सम्मानित « Khabarhub

प्रकाश र रोदन जनही ५० हजार पाँच रुपैयाँसहित सम्मानित


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ग्वंगः सिरपा सम्मान २०७८ बाट अभिवन्द्य निबन्ध कृतिका निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र वीरग्रन्थ निबन्ध कृतिका सर्जक तिलक प्रकाश पुरस्कृत तथा सम्मानित भएका छन् ।

मंगलबार साहित्यिक सम्मान सङ्गमको आयोजनामा श्रेष्ठ र रोदनलाई जनही ५० हजार पाँच रुपैँयाँ पुरस्कार प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र तेजेश्वरबाबू ग्वंगःले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

कुलपति उप्रेतीले ग्वंगः भक्तपुरका मात्र नभएर मुलुकमै निर्बन्ध निबन्ध लेख्ने पहिलो संस्कृतिविद् रहेका र मुलुकभित्र निबन्ध जगत्‌मा पहिलो पटक ठूलो राशिको पुरस्कार स्थापना कार्य सराहनीय रहेको बताए ।

वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबू ग्वंगस्
ले आफ्नो जीवनमा नुन, चुन र सुनमा खर्च नहुने रकम अर्थात् आफूले जीवनभर पाएका पुरस्कार रकम संकलन गरेर अक्षयकोष खडा गरी ग्वंगः सिरपा सम्मान स्थापना गरेको बताए ।

पुरस्कृत तथा सम्मानित सर्जक श्रीओम श्रेष्ठ ुरोदनुले ग्वंगः नेपाली निबन्ध र साहित्यका मात्र धरोहर नभई संस्कृतिभित्र विज्ञान खोज्ने र पुष्टि गर्ने संस्कृतिविद् रहेको धारणा राखे । उनले राजनेताहरूबाट दिइने पुरस्कार तथा सम्मानभन्दा विशुद्ध साहित्यकारबाट प्रदान गरिने पुरस्कारको ओैचित्य सबैभन्दा उच्च रहेको बताए ।

त्यस्तै, पुरस्कृत तथा सम्मानित अर्का सर्जक तिलक प्रकाशले आफ्नो कृति वीरग्रन्थले पाएको पुरस्कार तथा सम्मान जिउँदा शहीदहरूको सम्मान भएको बताए । उनले कृतिमा जिउँदा शहीदहरूका विषय समेटेका छन् ।

उक्त पुरस्कार सर्जक ग्वंगःको जन्मदिनको अवसर पारेर प्रदान गरिको हो । ग्वंग मंगलबार ८७ वर्षमा प्रेवेश गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : २८ बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा