राष्ट्रपति भण्डारी आज रुपन्देही र कपिलवस्तुमा, यस्ता छन् कार्यक्रम   « Khabarhub

राष्ट्रपति भण्डारी आज रुपन्देही र कपिलवस्तुमा, यस्ता छन् कार्यक्रम  


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदैछिन् ।

राष्ट्रपति भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

साथै विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिएका छन् ।

विश्वविद्यालयका सूचना अधिकृत चूडामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । उक्त केन्द्रीय पुस्तकालय रु नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको हो ।

स्थापना दिवसको मूल समारोहमा राष्ट्रपतिले राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका छवटा पुस्तक अशोक वदान, इतिवुत्तक, बुद्धवंश, बुद्ध र ब्रह्म, सिद्धार्थ चरित्रम् पुस्तकको लोकार्पण गर्नुहुने रजिष्ट्रार आचार्यले बताए । त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रमसमेत राखिएको छ ।

त्रियान प्रज्ञा सम्मेलन कार्यक्रममा नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका यी तीन बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको रजिष्ट्रार आचार्यले जानकारी दिए ।

उनकाअनुसार थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटामध्ये नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृतिलाई समृद्धिसँग कसरि जोड्न सकिन्छ भन्ने विषय विज्ञमार्फत सम्मेलनमा मन्थन हुनेछ ।

यसैगरी राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा दुई वटा प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले कैलाश आश्रममा सञ्चालन भइरहेको महायज्ञमा सरिक हुने र संक्षिप्त मन्तव्यको कार्यक्रमसमेत रहेको वडा नं २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उक्त क्षेत्रमा आश्रम १२ हेक्टर धार्मिक बनको क्षेत्रमा निर्माणाधीन रहेको र धार्मिक पर्यटकका हि

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ३६ बजे

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले

चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब