दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे « Khabarhub

दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण अफ्रिकामा कोभिड संक्रमण तीव्र बढेको छ । नयाँ भेरियन्ट देखिएसँगै कोभिडका बिरामी बढेका हुन् । पछिल्लो त्यहाँ कोभिड विरामीको संख्या दोब्बरले बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्रोनका कारण कोभिड बिरामी बढेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

निकै घातक मानिएको यो भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएको थियो । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा यो भाइरस देखिएको छ । अमेरिका र नाइजेरियमा दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । अहिले प्रयोगमा आइरहेका खोप ओमिक्रोनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : २२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध