सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता « Khabarhub

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ ।

स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही मङ्सिर ८ गते त्यसतर्फ प्रस्थान गरेका थिए। सम्मेलनका क्रममा सभामुख सापकोटाले आइपियु सभा तथा असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका थिए । सभामुख सापकोटाले शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित नरहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराए ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उनले आइपियु सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको बताए।

संविधान निर्माण, समावेशी, समानुपातिक प्रनिधित्वलगायत लोकतन्त्रका उपलब्धिलाई आफूले सविस्तार अन्तर्राष्ट्रिय समुदायको माझ राखेको उल्लेख गर्दै उनले सम्मेलनमा नेपालको प्रतिनिधित्व सही ढंगबाट भएको बताए। संविधान निर्माणपछि नेपाल लोकतान्त्रिक मार्गमा निरन्तर अघि बढिरहेको मुलुकका रुपमा अन्तर्राष्ट्रिय जगतले लिएको आफूले पाएको उनले बताए।

फरक प्रसङ्गमा उनले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् । उनले संसद्को कामकारबाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्नेसमेत बताए ।

सभामुख नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, सचिव गोपालनाथ योगीलगायत सहभागी थिए।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १० : २४ बजे

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको