गोरो भन्दा कालो छाला हुनेले पाउँछन् यी स्वास्थ्य लाभ « Khabarhub

 गोरो भन्दा कालो छाला हुनेले पाउँछन् यी स्वास्थ्य लाभ


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस कालो छालालाई सुन्दर मान्दैनन् । सामान्यता गोरो छाला भएका मानिस राम्रो भन्ने कतिपयको सोच हुन्छ । बजारमा समेत गोरो बनाउने हजारौँ उत्पादन पाइन्छ । तर धेरैलाई थाहा नहुन सक्छ, कालो छालाले स्वास्थ्यलाई धेरै लाभ पुर्‍याउँछ । कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

यस्तो छ कालो छाला हुनुको फाइदा :

– छालाको क्यान्सर हुनबाट जोगाउँछ

छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा कालो छाला भएकाहरुमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

– हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ

कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ ।

– स्नायू प्रणालीको सुरक्षा

कालो छालामा पाइने मेलानिनले सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।

– संक्रमण हुनबाट जोगाउँछ

मेलानिनले संक्रमण फैलाउने ब्याक्टेरियाबाट पनि बचाउँछ । साथै गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।

– जवान देखिन्छ

कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ । जसका कारण कालो छाला हुनेहरु लामो समयसम्म जवान देखिने गर्दछन् ।

– रोग प्रतिरोधी क्षमता

मेलानिनका कारण शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ । यस्तो छाला हुनेहरूमा रुघा–खोकीजस्ता रोगको जोखिम समेत कम हुन्छ ।

गर्भावस्थामा फाइदाजनक

मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ । गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि यसले बचाउँछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ८ : २९ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,